अझै निभेको छैन प्रधानमन्त्री कार्यालयमा झोसिएको आगो

काठमाडौं । भदौ २९, सिंहदरबारभित्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदर्शनकारीले झोसेको आगो अझै निभेको छैन ।
जेनजी युवाहरूको नाममा भदौ २४ गते अराजक समूहले सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय सहित अधिकांश मन्त्रालयका भवनमा आगजनी र तोडफोड गरेका थिए ।
जसमध्ये प्रधानमन्त्री कार्यालयको लागेको आगो आइतबार दिउँसोसम्म पनि आगो पूर्णरूपमा निभेको छैन । भवनबाट अझै पनि धुँवा पुत्ताइरहेको देखिन्छ । कर्मचारी, सरसफाइकर्मी र स्वयंसेवकहरू मिलेर भवनसँगै आगजनी भएका सवारीसाधनलाई अन्यत्र हटाउने प्रयास गरिरहेका छन् ।
आगजनीले प्रधानमन्त्री कार्यालयको भौतिक पूर्वाधारसँगै देशको महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । सवारी साधन जलेर ठूलो क्षति भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार