जेनजी आन्दोलनमा मृतकका परिवारलाई मन्त्री घिसिङले भेटे 

सहयात्रा टिभी

काठमाडौं । असोज १ , ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् ।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटका हुन् । भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७० बढीको मृत्यु भएको छ । उनीहरुलाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्