बागमतीका सभामुखले उपसभामुखलाई राजीनामा पत्र बुझाए

सहयात्रा टिभी

काठमाडौं । असोज १ , बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।

उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा उल्लेख गरेका छन् ।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।

जेनजीहरूको आन्दोलन चर्किँदा २४ भदौमा उनी काठमाडौं थिए । आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरणलगायत जलेर ध्वस्त भएका छन् ।

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्