महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असोज २, गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

 

प्रकाशित : 18 September, 2025

प्रतिक्रिया दिनुहोस्