घाइते जेनजीहरूले गृहमन्त्रालयमा मन्त्री कुर्दै

काठमाडौं । असोज ५, जेनजी आन्दोलनका क्रममा घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराएको छ ।
आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको छ । तर गृहमन्त्री बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन् ।
यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।