विपिन जोशीका आमा र बहिनीले भेट प्रधानमन्त्री कार्कीलाई

सहयात्रा टिभी

काठमाडौं । असोज ५, प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। आइतबार सिंहदरबार पुगेर विपिनका आमा र बहिनीले रिहाइका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

प्रधानमन्त्रीसँगको भेटपछि विपिनकी आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिँदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन्। त्यस्तै विपिनकी बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइका लागि आफूले सक्दो पहल गर्ने बताएको पुष्पाले बताइन्। यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो ।

प्रकाशित : 21 September, 2025

प्रतिक्रिया दिनुहोस्