हस्ताक्षरका लागि पुर्याएका पहिलो निर्णय सञ्चार मन्त्री खरेलले फर्काइदिए

काठमाडौं । असोज ६, नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् ।
सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए ।
सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पुर्याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे ।
‘तयार गरेको भन्दा केही फरक निर्णयका लागि मेरो अनुरोध छ,’ मन्त्री खरेलले भने ।