रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । असोज ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार केन्द्रीय समिति बैठकका लागि सातवटा मुख्य एजेण्डा तय गरिएको छ । बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणालगायत विषय छन् ।
यस्ता छन् एजेण्डा–
१. समसामयिक अवस्था र बैठक बारे ।
२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत ९सभापतिहरूको तर्फबाट० ।
३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा ।
४. पार्टी सङ्गठन एवं विभाग सम्बन्धमा ।
५. आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा ।
६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा ।
७. विविध ।