तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

सहयात्रा टिभी

काठमाडौं । असोज १०, मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, “मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको पहिरो सफा गरिएको छ र अब दुबै तर्फका सवारीसाधन सहजै सञ्चालनमा आउनेछन्।”

विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो। सडक खुलेसँगै अहिले चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ।

प्रकाशित : 26 September, 2025

प्रतिक्रिया दिनुहोस्