चाडबाडको समयमा गाडी भाडामा कालोबजारी नगर्न विभागको चेतावनी

काठमाडौं । असोज १०, यातायात व्यवस्था विभागले चाडबाडको समयमा गाडी भाडामा कालोबजारी नगर्न चेतावनी दिएको छ ।
पूर्वनिर्णय, स्वीकृति भाडादर तथा प्रचिलत कानुनको प्रतिकूल हुने गरी बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने र टिकट बिक्री वितरण असहज बनाएको गुनासो नागरिक स्तरबाट आएको भन्दै विभागले सो काम तत्काल रोक्ने भनेको छ ।
प्रचलित कानुन अनुसार मात्र भाडा लिन र सार्वजनिक यातायात व्यवस्थित गराउन विभागले सरोकारवालालाई भनेको छ ।
निर्णय विपरीत भाडा लिएमा वा टिकटमा कालाबजारी गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ ।