राष्ट्र बैंकले प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने

सहयात्रा टिभी

काठमाडौं । असोज २६, नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ ।

निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीबाट ब्याजदर बोलकबोल हुनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटामा आधारित भई बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित : 12 October, 2025

प्रतिक्रिया दिनुहोस्