सेयर बजारमा भारी गिरावट

काठमाडौं । असोज २६, साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ ।
सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।
नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।