कार्कीलाई प्रधानमन्त्री सिफारिस पत्र सार्वजनिक गर्न प्रचण्डलाई ओलीको चुनौती

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो चुनौती दिएका हुन् ।

प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गरेका थिए ।

तर, उनले आफूले देशको परिस्थिति हेरेर राष्ट्रपतिसमक्ष नयाँ सरकारका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नयाँ सिफारिस भने गरेको स्वीकारेका छन् ।

 

 

 

 

प्रकाशित : 19 October, 2025

प्रतिक्रिया दिनुहोस्