ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन सरकारसँग एमालेको माग
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ५, नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै त्यसलाई फिर्ता लिन माग गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमालेका प्रतिनिधिहरूले यस्तो माग राखेका हुन्।

बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए। बैठकपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत एमालेले उठाएका दश बुँदे विषय सार्वजनिक गरेका छन्, जसमा अध्यक्ष ओलीको राहदानी रोक्काको विषय प्रमुखताका साथ उल्लेख छ।
पोखरेलले सरकारको कदमलाई ‘गैरजिम्मेवार’ र ‘अनुचित’ भन्दै त्यसलाई तत्काल रोक्न माग गरिएको बताएका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको छ, हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।’
एमालेले सर्वदलीय बैठकमा उठाएका विभिन्न दश बुँदाहरूमध्ये पूर्वप्रधानमन्त्रीको राहदानी रोक्का गर्ने निर्णयलाई गम्भीर विषयको रूपमा प्रस्तुत गरेको हो।
पोखरेलले सामाजिक सञ्जालमा लखेका छन् :
हाम्रो पार्टी लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा आत्�
