आलोचनापछि खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटियो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ९, चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् ।
आजै दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ हुँदैछ । आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।
तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो । उनीविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो ।
विवादित छवि भएका सुनारलाई मन्त्री बनाउँदा हुनसक्ने सम्भावित समस्यालाई ध्यानमा राख्दै उनको नाम काटिएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । उनको के कारणले शपथ रोकिएको भन्ने बताइएको छैन ।


