आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै सर्वोच्चले जाहेरी दिने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एक÷दुई दिनमै जाहेरी दिने तयारी गरेको हो । आगजनीमा संलग्नलाई कुनै हालतमा छुट दिन नहुने सर्वोच्च प्रशासनको अडान छ।

सर्वोच्च अदालत स्रोतले भन्यो, ‘त्यसवारेमा छलफल चलिरहेको छ । हामीले न्यायालयमा तोडफोड र आगजानी गर्नेमाथिको कारवाही हुनुपर्ने भन्दै जाहेरी दिने तयारी गरेका छौं ।’

जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा संसद भवनदेखि, सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी तथा निजी संरचनाहरु ध्वस्त भएका थिए । ती संरचना जलाउँदा विभिन्न रसायन प्रयोग भएको आशंका गरिएको छ।

सरकारले आगजनी र तोडफोड भएका संरचनाहरुमा सरसफाइ र पुनिर्निर्माणका काम जारी राखेको छ । तर मुचुल्का र प्रमाण संकलनविना सरसफाइ र पुनिर्निर्माणका कामले घटनाको यथार्थ पत्ता नलाग्ने र दोषी उम्किन सक्ने जोखिम रहेको जानकारहरु बताउँछन्।

 

प्रकाशित : 26 October, 2025

प्रतिक्रिया दिनुहोस्