अमेरिकाले नेपाललाई २ सय ६३ रनको लक्ष्य दियो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो ।

अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १र१ विकेट लिए ।

आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् ।

 

प्रकाशित : 26 October, 2025

प्रतिक्रिया दिनुहोस्