प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो : कांग्रेस कार्यवाहक सभापति
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १०, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्।

भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्।
‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए।
खड्काले तरूण दललाई अत्यन्त जुझारूपनका साथ तर अनुशासन भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकतावद्ध हुन आग्रह गरे।


