प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १०, अस्ताउदो सुर्यलाई अर्घ्य दिदै प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् ।

प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् । प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।


