ओलीमाथि स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा निवेदन पेश
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ११, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओेलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ।

अधिवक्ता प्रेमराम सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।
पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए। ‘रिट निवेदन पेश भएको छ। त्यसमाथि अध्ययन चलिरहेको छ। अध्ययनपछि दर्ता हुने नहुने टुंगो लाग्नेछ,’ ती कर्मचारीले भने।
रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासोको विषय भनेर पेश भएको हो।
सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्न वा स्थानहद तोक्ने सरकारी कदमविरुद्ध व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने अभ्यास छ।


