सिन्धुलीको चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु श्रीमती र छोरा घाइते
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ११, बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् । प्रहरीका अनुसार सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ ।


