युद्धविराम भैरहेको अवस्थामा इजरायलबाट गाजामा आक्रमण
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १२, इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ ।

हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले युद्धविरामप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताउँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छिटपुट आक्रमणका घटना भैरहेका र त्यसलाई नजिकबाट नियालिरहेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।
हमास र इजरायलबीच युद्धविराम कायम रहनेमा आफू विश्वस्त रहेको अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले बताउनुभएको छ ।


