नेप्से परिसूचक घटेसँगै सेयर बजारमा बढ्यो कारोबार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।

कारोबारका क्रममा दिउँसो ११ : ४६ बजे र १२: २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन । आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स छन् ।

प्रकाशित : 29 October, 2025

प्रतिक्रिया दिनुहोस्