दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १२, भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ ।

वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् ।
डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार बिहान पनि हावाको गुणस्तर स्तर निकै खराब दर्ज गरिएको छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० ले बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रमा हावाको गुणस्तर इन्डेक्स ९एक्यूआई० ३०० भन्दा माथि रहेको जनाएको छ, जुन निकै खराब श्रेणी हो ।
यस्तै इन्डिया गेट नगर लगायतका क्षेत्रमा पनि एक्यूआई ३०० भन्दा केही मात्रै कम थियो, जुन खराबको श्रेणीमा पर्दछ । दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न मंगलबार दुई पटक क्लाउड सिडिङ गरियो ।
दिल्लीका पर्यावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले आईआईटी कानपुरको टीमसँग मिलेर क्लाउड सिडिङ गरिएको र केही घण्टामा वर्षा हुने दाबी गरेका थिए ।
तर, पछिल्लो जानकारी अनुसार क्लाउड सिडिङपछि पनि दिल्लीसहित आसपासका कुनै पनि क्षेत्रमा वर्षा भएको छैन ।
दिल्ली सरकारले आईआईटी कानपुरसँग मिलेर क्लाउड सिडिङको परीक्षण गरेको हो ।


