भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १४,  भिजिट भिसासम्बन्धी सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको छ ।

यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा गरेको हो ।अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

विभागका अनुसार १० माघ २०८० सालदेखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।

साथै सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न विभागले अनुरोध गरेको छ ।

उनका अनुसार, मापदण्ड कसिलो बनाएसँगै कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका थिए । साथै, विचौलियाहरूले कागजात मिलाउने नाममा धेरै असूली गर्न थालेको गुनासा बढेपछि मापदण्ड परिमार्जन गरिएको विभागले जनाएको छ ।

 

प्रकाशित : 31 October, 2025

प्रतिक्रिया दिनुहोस्