सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माइन्
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

बिहीबार दिउँसो स्थानीय सिर्जना केसीलाई सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटोमै सुत्केरी गराइएको हो । अनमी विनिता विष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको स्थानीयले बताएका छन् ।
सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा खबर पाएसँगै अनमी पुगेर उनलाई सुत्केरी गराइएको हो । अनमी विष्टका अनुसार, सुत्केरीको अवस्था सामान्य छ ।
विनिता सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । जहाँ कार्यालय सहयोगी समेत नहुँदा सेवा प्रवाहमा समस्या रहेको उनको गुनासो छ ।


