बाह्रबिसे नगरपालिकामा अख्तियारले छापा मारे

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।

आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने पटकपटक गुनासो तथा उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो ।

स्रोतका अनुसार भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ ।  धम्क्याएर अस्पतालका भनेर रकम लगेको तर उक्त रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।

अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिए पनि बाँकी रकमबारे केही पनि हरहिसाब नभेटिएको स्रोतले बतायो ।

 

प्रकाशित : 2 November, 2025

प्रतिक्रिया दिनुहोस्