भारतको तेलंगनामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, २० घाइते

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, भारतको तेलंगनास्थित रंगा रेड्डी जिल्लामा सोमबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

यो दुर्घटना रंगा रेड्डीको चेवेला प्रहरी चौकी अन्तर्गतको खानापुर गेट नजिक भएको हो । समाचार एजेन्सीहरूका अनुसार घाइतेहरूमध्ये ३ जनाको अवस्था अत्यन्तै गम्भीर छ ।

दुर्घटनालगत्तै तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले सम्बन्धित अधिकारीहरूलाई तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारका लागि राहत प्याकेजको घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार, मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २-२ लाख र घाइतेहरूलाई ५०-५० हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

प्रकाशित : 3 November, 2025

प्रतिक्रिया दिनुहोस्