नागरिकता झुत्रो भएपछि मन्त्री पुनले लिए प्रतिलिपि
            सहयात्रा टिभी
		काठमाडौं । कात्तिक १८, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ५२ वर्षअघि जारी भएको आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिएका छन् । उनले सोमबार जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंबाट नागरिकताको प्रतिलिपि प्राप्त गरेका हुन् ।

मन्त्री पुनले ५२ वर्षअघि जिल्ला प्रशासन कार्यालय चितवनबाट आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । लामो समयको प्रयोगपछि नागरिकताको मौलिक प्रमाणपत्र झुत्रो भएपछि उनले प्रतिलिपिका लागि आवेदन दिएका थिए ।
सोहीबमोजिम, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत उपेन्द्र साहले सोमबार मन्त्री पुनलाई नयाँ नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्त्री पुनले नागरिकता प्रतिलिपि लिनुको कारण ५२ वर्षअघि लिएको मूल नागरिकता झुत्रो हुनु रहेको जनाएको छ ।


