गोरखाबाट निकोलस भुसाल पक्राउ
            सहयात्रा टिभी
		काठमाडौं । कात्तिक १८, डाक्टर निकोलस भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ ।

भुसाललाई रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको गोरखाका प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।
भुसाल हिजो गोरखा आएका र विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।
भुसाललाई काठमाण्डौमा रहेको अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


