भैरहवा भन्सारबाट फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थाले
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १९, नेपालबाट फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थालेको छ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात भएको हो ।

रुपन्देहीमा रहेको फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकाको जेन्टको एलएलसीलाई दुई कन्टेनर अर्थात् ४३ हजार पाँच सय २० किलो फ्रोजन फ्रेन्च फ्राइज निर्यात गरिएको छ ।
भैरहवा भन्सार कार्यालयका अनुसार नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ । यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास छ ।


