सेयर बजार १२. १७ अंक उकालो लाग्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १९, बुधबार सेयर बजार १२. १७ अंक उकालो लाग्यो । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।

१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।

 

 

प्रकाशित : 5 November, 2025

प्रतिक्रिया दिनुहोस्