२०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २०, आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार होला । व्यापार व्यवसायमा फाइदा हुने योग छ । सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुको सम्मान गर्दा फाइदा हुने देखिन्छ।
मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
कर्कट : दिन समान्य राम्रो छ । डुब्न लागेको धन उठ्ने योग छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी काम गरेमा फाइदा हुनेछ ।
कन्या : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।
तुला : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।
वृश्चिक : तपाईंका लागि आजको दिन सामान्य छ । अरुसँग विश्वास गर्नुभन्दा आफ्नो काममा जिम्मेवार बन्नुपर्ने समय छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । आफ्नै साथीबाट आलोचनाको सामना गर्नुपर्ने दिन छ ।
धनु : दिन सामान्य छ । तपाईंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।
मकर : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँग व्यावसायीक कारोबार नगर्नु राम्रो हुन्छ ।
कुम्भ : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । घाटाको व्यापारमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँगको कारोबार डुब्ने जोखिम छ ।
मीन : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने छ । घुम्न पाउँदा मन प्रशन्न बन्नेछ ।


