नेप्से परिसूचक ११.२९ अंकमा झर्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २०, बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।

अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । पिपुल्स पावरको ४.३७, मोदी इनर्जीको ३.०७ प्रतिशत घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहे ।


