कुलमान घिसिङको चुनाव चिह्न चिम रहने सहमति

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २४ , उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने छ ।

अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ ।

प्रकाशित : 10 November, 2025

प्रतिक्रिया दिनुहोस्