सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २५ , स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ४ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


