राप्रपाका राजेन्द्र लिङ्देन र कमल थापाबीच भेट वार्ता जारी
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २५ , राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ।

धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि छलफल चलिरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन्।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ।
‘जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आगामी निर्वाचन र पार्टी एकताको विषयमा केन्द्रित रहेर दुई अध्यक्ष छलफलमा जुट्नु भएको छ,’ महामन्त्री बर्तौलाले भने, ‘राष्ट्रवादी शक्तिलाई एकीकृत गर्ने र बलिया शक्ति निर्माण गर्ने अभिप्रायका साथ यो छलफल चलेको हो।’
राप्रपा नेपालले पछिल्ला केही महिनादेखि पार्टी एकतालाई जोड दिएर छलफल चलाइरहेको छ।


