पूर्व सांसद देवीप्रकाश भट्टचन रिहा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६ , एमालेका पूर्व सांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले रिहा गरेको छ । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट उनी छुटेका हुन् । सीआईबी एसपी निरन्जनदत्त भट्टले सरकारी वकिलको आदेश अनुसार उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको बताए ।

‘स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नु भन्ने सरकारी वकिलको आदेशपछि उहाँ छुट्नु भएको हो । ११ कात्तिकमा भट्टचन ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि सीआईबीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायतविरुद्ध जाहेरी दिएका थिए ।

तर, यो प्रकरणको केन्द्रमा रहेकी प्रभु म्यानेजमेन्टकी प्रबन्ध निर्देशक कुसुम लामालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन् । प्रभु म्यानेजमेन्टले मनी ट्रान्सफरको भुक्तानी एजेन्टका रुपमा नियुक्त गरी कारोबार गरेको तर करोडौं रुपैयाँ तिर्न बुझाउन नसकेको भन्दै लामाविरुद्ध राष्ट्र बैंक र प्रहरीमा उजुरी परे पनि उनी बच्दै आएकी छिन् । लामकै उजुरीका आधारमा प्रभु मनी ट्रान्सफरका सञ्चालक भट्टचनलाई पक्राउ गरिए पनि मुख्य अभियुक्त लामा भने पक्राउ पर्न सकेकी छैनन् ।

प्रकाशित : 12 November, 2025

प्रतिक्रिया दिनुहोस्