भागेका कैदीबन्दीहरूमध्ये ५ हजार १३ जना अझै फरार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २७ , जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेका गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भागेका कैदीबन्दी बारेमा जानकारी गराउनुभएको हो ।

गृहमन्त्री अर्यालका अनुसार १४ हजार ५ सय ५४ कैदीबन्दी भागेकामा ९ हजार ४ सय ४१ जनालाई फिर्ता गरिएको छ । फरार भएकाहरूको सूची सार्वजनिक गरेर खोजी भइरहेको छ ।

यस्तै जेनजी आन्दोलनमा झन्डै १२ सय थान हतियार लुटिएकामा ७ सय १८ थान फिर्ता गरेको गृहमन्त्री अर्यालले बताउनुभयो । आन्दोलनमा ४ सय ६५ प्रहरी युनिटमा क्षति पुगेकोमा ४ सय ४८ प्रहरी युनिट सञ्चालनमा आइसकेका छन् ।

यसबीचमा ४ सय २९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न देखिएको भन्दै १ सय ६८ जनामाथि मुद्दा लगाएको छ ।

 

 

प्रकाशित : 13 November, 2025

प्रतिक्रिया दिनुहोस्