चितवन मेडिकल कलेजमा ‘रोबर्टिक शल्यक्रिया’ सुरू

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २८ , भरतपुरमा रहेको चितवन मेडिकल कलेजले रोबर्टबाट शल्यक्रिया गर्ने उपचार सेवाको सुभारम्भ गरेको छ । अस्पतालले सेप्टेम्बर महिनादेखि थालेको रोबर्टिक शल्यक्रिया सेवा अहिलेसम्म १४ जनालाई दिएको जनाएको छ ।


अस्पतालले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपालका अस्पतालहरुमध्ये अत्याधुनिक प्रविधिको रोबर्टबाट गरिने यो शल्यक्रिया नेपालमै पहिलो हो । यद्यपि यसअघि काठमाडौंको बीएण्डबी अस्पतालले रोबर्टबाट शल्यक्रिया उपचार सेवा भने यसअघि नै दिइसकेको छ ।

विशेष गरि जटिल रोगहरु जस्तै युरो सर्जरी, क्यान्सर, स्त्री तथा प्रसूतिरोग सँग सम्बन्धित शल्यक्रिया लगायतमा यो पद्धतिबाट उपचार भइरहेको अस्पतालका प्रोफेसर डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा रोबटिक सर्जरीको प्रशिक्षक समेत रहेका न्यूरो सर्जन डाक्टर प्रतिकमान सिंह गुरुङ जिआइ सर्जन डाक्टर विशाल आचार्य, रोहितकुमार मिश्र लगायतका डाक्टरहरु रोबटिक पद्दतिबाट उपचारमा संलग्न रहेका अस्पतालले जनाएको छ ।

रोबटिक शल्यक्रिया चिरेर गरिने र दुरविनको प्रवधिबाट गरिने शल्यक्रियामा चिकित्सकले नभइ रोबर्टले नै सबै शल्यक्रिया गर्ने पद्दति हो । जसमा चिकित्सकले दिएको निर्देशन अनुसार शल्यक्रिया गरिने रोबटिक तथा न्यूरो सर्जन डा.प्रतिकमान सिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार अमेरिकाबाट सुरु भएको यो प्रविधि अहिले विश्वभर फैलिएको र उपचारमा भरपर्दो पद्दतिको रुपमा लिइन्छ । सामान्यतया यो प्रविधिबाट उपचार गरेको बिरामीले शल्यक्रियाको भोलिपल्ट नै अस्पतालबाट डिस्चार्ज हुन सक्ने पनि उनको भनाइ छ ।

यो शल्यक्रिया सानो प्वाल बनाइ गर्न सकिने, शल्यक्रियाका क्रममा रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने, संक्रमणको संभावना पनि कम हुने लगायतका कारणले सफलता दर बढी रहेको डाक्टरहरुको दाबी छ ।

१४ वटा शल्यक्रियामा जटिल प्रकारका ८ वटा मृर्गौला र प्रोष्टेटको रहेको र अन्य बाँकी रहेको डाक्टर गुरुङले जानकारी दिए । हालसम्म चितवन मेडिकल कलेजमा गरिएका शल्यक्रियामा ५० हजारदेखि दुई लाखसम्म शुल्कमा रोबटिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सोही प्रकारको सेवा लिन भारतमा आठ लाखसम्म भारतीय रुपैयाँ लाग्ने डा. गुरुङले बताए ।

चितवन मेडिकल कलेजले ल्याएको रोबटिक उपचार पद्दति चीनले आविश्कार गरेको काइक्रोपोटट टुमाई हो । यो नेपालकै अत्याधुनिक उपचार पद्दतिको रोबर्ट रहेको अस्पतालले जनाएको छ ।

यसैगरि अस्पतालले भोलिरोबटिक सर्जरी कन्फ्रेन्सको पनि आयोजना गरेको छ । जसमा भारतका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका भात्रा, डा. बीरेन्द्र भगत लगायत नेपालभरबाट दुई सय जनाको हाराहारीमा डाक्टर तथा नर्सहरुको सहभागिता रहने जनाइएको छ ।

 

 

 

 

 

 

प्रकाशित : 14 November, 2025

प्रतिक्रिया दिनुहोस्