फागुनमा हुने चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २८ , सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको जानकारी दिए ।

 

 

 

प्रकाशित : 14 November, 2025

प्रतिक्रिया दिनुहोस्