मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३० , मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका– ५ र भीमफेदी गाउँपालिका– १ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा– २ चौकी टोलका वीरबहादुर गुरुङ र पूर्वी नवलपरासी कावासोती नगरपालिका– १३ का चन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल आज बिहान बुङ्दलखोलाबाट ५० फिट तल खसेको थियो । मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । (रासस)

प्रकाशित : 16 November, 2025

प्रतिक्रिया दिनुहोस्