नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । मंसिर १ , नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक अब मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ । असोज २८ बाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । कांग्रेसले हालसम्म पनि यसबारे निर्णय लिन सकेको छैन ।

प्रकाशित : 17 November, 2025

प्रतिक्रिया दिनुहोस्