आज देशभरको मौसम सफा रहने, तापक्रम घट्ने क्रम जारी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १ , आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसको साथै महाशाखाले मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क भएर बस्न आग्रह पनि गरेको छ ।

प्रकाशित : 17 November, 2025

प्रतिक्रिया दिनुहोस्