मानवताविरुद्धको अपराधमा बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना दोषी ठहर

सहयात्रा टिभी

काठमाडौं । मंसिर १ , बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।

 

 

 

प्रकाशित : 17 November, 2025

प्रतिक्रिया दिनुहोस्