कारोबारसँगै सेयर बजारमा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । मंसिर १ , सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको बृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो ।

कारोबार रकम पनि सामान्य बढेको छ । चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशत बढेको हो।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् तथा युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 17 November, 2025

प्रतिक्रिया दिनुहोस्