सिमरामा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू रद्द

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३ , सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू रद्द गरिएको छ ।

यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एक मात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कर्फ्यू आदेश जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

 

 

प्रकाशित : 19 November, 2025

प्रतिक्रिया दिनुहोस्