एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४ , नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्नेछ ।

सचिवालय बैठकमा शनिबार काठमाडौंमा गर्ने भनिएको वृहत प्रदर्शन र सभाका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए । यसैगरी, एमालेले विघटित प्रतिनिधिसभा पुनस्थापनाका लागि रिट दर्ता गर्ने विषयमा पछि छलफल गर्नेछ ।

प्रकाशित : 20 November, 2025

प्रतिक्रिया दिनुहोस्