काँक्रेविहार जंगलमा मृत युवायुवतीको पहिचान खुल्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर ८, सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ ।

मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरू वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११: ३० बजे मृत अवस्थामा भेटिएका हुन् ।
जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको टोली घटनास्थल खटाइएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।


