आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुने
सहयात्रा टिभी
काठमाडौं । मंसिर १०, त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ ।

विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो । आज भारतबाट आएका पाहुनालाई बिदा गरिएपछि विवाहपञ्चमी महोत्सव सकिने छ । भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ । आज बुधबार रामकलेवा हुँदैन ।
मंगलबार विवाह पञ्चमीको खास दिन जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान् रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार परिक्रमा गराई स्वयम्बर गरिएको छ । डोलासँगै लाखौँ श्रद्धालु जनकपुर नगर परिक्रमा यात्रामा सहभागी भएका थिए । स्वयम्बरका क्रममा आकाशबाट हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो ।
जानकी मन्दिर र राम मन्दिरमा रहेका भगवानको मालालाई एक अर्कामा फेरि गराउँदै नगर परिक्रमा गराइएको थियो । नगर परिक्रमामा लाखौँको संख्यामा श्रद्धालुको सहभागिता थियो । नगर परिक्रमा जनकपुरधामको विभिन्न मठमन्दिरको डोलाका साथै साधुसन्तको समेत सहभागिता रहेको थियो ।


